• कात्तिक १, २०८३, शनिवार Saturday, 17 October, 2026

१८ करोड २७ लाख राजस्व छली, चार विरुद्ध मुद्दा

  • रासस

१८ करोड २७ लाख राजस्व छली, चार विरुद्ध मुद्दा

 

माघ २१,२०७८

राजस्व अनुसन्धान विभागले रु १८ करोड २७ लाख विगो बराबरको राजस्व छली गरेको आरोपमा चारजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

यसरी मुद्दा चलाइएकामा काठमाडौँको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौँ महानगरपाकिला–१० बस्ने स्टार इण्डिया प्रालि भारतका आधिकारीक बिक्रेता जुपिटर मिडियाका सञ्चालक अञ्जली अरोरा, ब्रिङ मिडियाका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्री रहेका छन् ।

उक्त कम्पनीले विभिन्न फर्म÷कम्पनीबाट वस्तु तथा सेवा बेगरको कर बिजक मात्र लिई, सम्झौताअनुसारको आय लुकाई राजस्व छली गरेको विभागले आज एक सूचना जारी गरी जनाएको छ । उक्त कम्पनीको नाममा खोलिएका बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी नपाउने खर्चसमेत दावी गरेको पाइएको छ ।

यस्तै मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दाबी र आयकरतर्फ खर्च दाबी गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागको अनुसन्धानमा खुलेको जनाइएको छ । विभागले विगो असुल उपर गरी शतप्रतिशत जरिवाना तथा कैद सजायको माग गरेको छ ।

  • प्रकाशित मिति : माघ २१, २०७८, शुक्रवार १४:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८