माघ २१ ,२०७८
दारएससलाम- पाँच महिना लामो खडेरीका कारण तान्जानियामा घर पालुवा गाई, बाख्रा, भेडा गधासहित तीन लाख छ हजार ३५८ जनावरको मृत्यु भएको पशुपालन तथा मत्स्य पालन मन्त्रालयले शुक्रबार जनाएको छ ।
पशुपालन तथा मत्स्य पालन मन्त्री माशिम्बा एनडिकीले जनवरीमा मन्त्रालयका विशेषज्ञहरूले गरेको आँकलनअनुसार लामो सुक्खाको कारण पानी र चरनको अभावले गर्दा सेप्टेम्बर २०२१ देखि जनवरी २०२२ अन्त्यसम्ममा ती जनावरहरूको मृत्यु भएको हो ।
अरुशा, किलिमन्जारो, मरोरा, मोरोगोरो, टांगा र कोस्टमा यी जनावरहरू मरेका हुन् । यो छ वटा क्षेत्रमा मौसमी वर्षापछि लामो सुक्खाका कारण चौपाया लगायतका जङ्गली जनावरहरू प्रभावित भएका एनडीकीले सिन्हुआलाई बताए।
टेलिफोनमार्फत् गरिएको सोधपुछमा उनले भने, “यी छ वटा क्षेत्रमा जनवरीको अन्त्यतिर पानी पर्न थालेको छ यसका लागि हामी भगवानप्रति आभारी छौँ ।”
सरकारले पशुहरूलाई थप मृत्युबाट बचाउने उद्देश्यले विभिन्न उपायहरू अपनाएको छ, जसमा गाईलाई किर्नाबाट जोगाउन गाईवस्तु डुबाउने पोखरीहरूको निर्माण गरिएको छ ।
पशुपन्छीलाई पानी उपलब्ध गराउन पशुपंक्षी तथा मत्स्य मन्त्रालयको सहयोगमा छनोट गरिएका क्षेत्रमा बोरीङहोल खन्दै आएको मन्त्रालयले बताएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८