• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026

चितवनमा १३५ संक्रमित थपिँदा ३५२ निको भए

  • खबरदाता

चितवनमा १३५ संक्रमित थपिँदा ३५२ निको भए

 

 

परिक्षण गरिएकामध्ये २४ प्रतिशतमा संक्रमण।

माघ २१ ,२०७८

चितवनका १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ५०६ जनाको पिसीआर र ६५ जनाको एन्टिजेन परिक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सबै भन्दा धेरै ६९ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।

चितवनमा सक्रिय संक्रमितको संख्या ३८६५ रहेको छ। संक्रमित मध्ये ३८२६ होमआइसोलेसन र ३९ जना संस्थागत आइसोलेसनमा छन।
कोरोनक संक्रमणबाट चितवनमा मृत्यु हुनेको कुल संख्या ४४१ पुगेको छ।

जिल्लामा आज ३५२ जना संक्रमित निको भएका छन।

  • प्रकाशित मिति : माघ २१, २०७८, शुक्रवार १०:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८