परिक्षण गरिएकामध्ये १३ प्रतिशतमा संक्रमण।
माघ २० ,२०७८
चितवनका ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार ३२९ जनाको पिसीआर र ५ जनाको एन्टिजेन परिक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये सबै भन्दा धेरै ३२ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।
चितवनमा सक्रिय संक्रमितको संख्या ४०७७ रहेको छ। संक्रमित मध्ये ४०३६ होमआइसोलेसन र ४१ जना संस्थागत आइसोलेसनमा छन।
कोरोना संक्रमणबाट चितवनमा आज थप ३ जनाको मृत्यु भएको छ। यो सहित मृत्यु हुनेको कुल संख्या ४४३ पुगेको छ।
जिल्लामा आज ३४१ जना संक्रमित निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८