• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ट्रकको ठक्करबाट भरतपुरमा साइकल यात्रीको मृत्यु

  • खबरदाता

ट्रकको ठक्करबाट भरतपुरमा साइकल यात्रीको मृत्यु

माघ २०,२०७८

चितवन । चितवनको भरतपुरमा ट्रकले साइकल यात्रीलाइ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्सा घर भइ हाल भरतपुर ४ यज्ञपुरी बस्ने बर्ष १४ का दिलिप मुखिया रहेका प्रहरीले जनाएको छ।

चौबीसकोठिबाट नारायणगढ तर्फ जाँदै गरेको प्रदेश २-०४-००१ ख ००९३ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेका मुखियालाइ भरतपुर १० स्थिति चितवन मेडिकल कलेज अगाडी ठक्कर दिएको हो।

घाइते भएका मुखियाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा २ : २५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

ट्रक र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको जनाइएको छ।

  • प्रकाशित मिति : माघ २०, २०७८, बिहीवार ०९:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८