• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

टिपरको ठक्करबाट आँगनमा आगो तापिरहेका २ जनाको मृत्यु, २ गम्भीर घाइते


टिपरको ठक्करबाट आँगनमा आगो तापिरहेका २ जनाको मृत्यु, २ गम्भीर घाइते

माघ १८, २०७८

बर्दिया — टिपरको ठक्करबाट बढैयाताल–३ सतपतियामा घरको आँगनमा बसेर आगो तापिरहेका दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरी रहेको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट आगो तापिरहेका दुई जनाको मृत्यु हुनाका साथै सोही ठाउँका ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया बेलमति थारु गम्भीर घाइते भएका छन् । दुवै जनाको अवस्था चिन्ताजनक भएकोले उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल लगिएको छ । चालकले अत्यधिक मदिरा सेवन गरी टिपर चलाएकाले अनियत्रित भई सडकदेखि उछिट्टिएर आँगनमा पुगेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

सुर्खेतको वीरेन्द्रनगरका चालक दुर्गा विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानीय र आफन्तले चालकमाथि कडा कारबाही र क्षतिपूर्ति माग गर्दै नेपालगन्ज–गुलरिया सडकखण्ड मंगलबार बिहानदेखि भोलागौढी खण्डमा चक्काजाम गरेका छन् ।कान्तिपुरबाट

  • प्रकाशित मिति : माघ १८, २०७८, मंगलवार ०५:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८