माघ १६,२०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का पूर्वअध्यक्ष कमल थापाले आफु अहिले पनि पार्टीको बृत्तर हित र एकताको पक्षमा रहेको बताएका छन।
आफूले उठाएका सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयलाई पार्टी अध्यक्ष सामु जानकारी गराएको तर अध्यक्षले सो कुरालाइ बेवास्ता गर्दै आफुलाइ उपेक्षा गरेर भित्तामा पुर्याउन खोजिएको आरोप लगाएका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै थापाले आइतबार लिखित ध्यानाकर्षण पत्र पठाउँदै पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई सहभागी र जानकारी नगराएर योजनाबद्ध रुपमा अलग्याउने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन।
‘मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रिय कार्यसमितिको बैठकमा पेश गर्न तथा त्यसवारे आबश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुनः पठाएको छु। फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्याउने तथा पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपाईँबाट हुने छैन भन्ने अपेक्षा गरेको छु’, उनले भनेका छन्।
थापाले एकता महाधिवेशनपछि पार्टीले जुन तरिकाले गति लिने अपेक्षा गरिएको थियो सो अनुसार हुनुको विपरीत अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गइरहेको महसुस भएको उनले बताएका छन।
‘पार्टीको वृहत्तर हित र एकतालाई अक्षुण्ण राख्ने पवित्र उद्देश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवम् सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईँले मेरो पत्रलाई रद्दिको टोकरीमा फालिदिनु भएको छ’, उनले भनेका छन्, ‘महाधिवेशनपछि पार्टीका कुनै पनि कार्यक्रममा मलाई संलग्न गराइएको छैन। पार्टीका कार्यक्रम र गतिविधिबारे मलाई कुनै सूचना र जानकारी दिइएको छैन। योजनावद्ध रूपमा अलग्याउने प्रयास भइरहेको देख्छु।’
गत मंसिर २७ गते लिङ्देनलाई पत्र पठाएर एकता महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासबाट भएको हस्तक्षेपको छानबिन गर्न माग गरेका थिए।
अध्यक्ष थापाले लेखेको पत्रमा निर्मल निवासले गरेको हस्तक्षेपको विरोध र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन खोज्ने योजनालाई अस्वीकार गर्दैमा राजतन्त्र विरोधी नहुने पनि पत्रमा उल्लेख गरेका छन्।
‘पार्टीको आन्तरिक मामिलामा निर्मल निवास र राजा ज्ञानेन्द्रको नाङ्गो हस्तक्षेपको विरोध गर्नु, पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने योजनालाई अस्वीकार गर्नु र पार्टीलाई भजनमण्डली हुनबाट रोक्नु राजसंस्थाको विरोध होइन’, उनले भनेका छन्, ुसंवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा अझ सशक्त रूपमा प्रस्तुत हुन त्यो अनिवार्य शर्त हो। राप्रपा सक्रिय र निरंकुश राजतन्त्रको पक्षमा छैन भन्ने कुरा हामीले छाती खोलेर भन्न हिच्किचाउन हुँदैन। राजसंस्थाप्रतिको हाम्रो आस्था सैद्धान्तिक निष्ठा हो। राजसंस्था पार्टी राजनीतिभन्दा माथि सबैको साझा भएर रहन सक्नुपर्छ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८