• असार ११, २०८३, बिहीवार Thursday, 25 June, 2026

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : १३ हजार विद्यालयले आवेदन दिए

  • अन्य पत्रिका

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : १३ हजार विद्यालयले आवेदन दिए

 

माघ १६, २०७८

 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या करिब १३ पुगेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले गत महिना आवेदन माग गरेको थियो । सोअनुसार पुस महान्तसम्म ती विद्यालयले आवेदन दिएका हुन् ।

 

केन्द्रले आएको आवेदन दिएका विद्यालयको विषयमा छानबिन शुरू गरेको छ । ८ अर्ब ८७ करोड रुपियाँको यो कार्यक्रम एकै वर्षमा खर्च हुने सरकारको महत्वकांक्षी बजेट हो । केन्द्रका महानिर्देशक चूडामणि पौडेलले पुस अन्तिमसम्म आएका आवेदनमाथि छानबिन शुरू भएको जानकारी दिए ।

उनका अनुसार करिब दुई साताभित्र सबै छानबिन गरी निर्देशक समितिको बैठक बस्ने तयारी छ । ‘आवेदनको अध्ययन गरी सर्ट लिस्टिङ गर्नेछौं, त्यसपछि मात्रै निर्णय हुनेछ’ –महानिर्देशक शर्माले भने।

सो कार्यक्रमअन्तर्गत १३ वटा शीर्षकमा बजेट खर्च हुनेछ । केन्द्रका प्रवक्ता एवं सहसचिव डिल्लीराम लुइँटेलले आवेदनमाथि छानबिन गरी मन्त्रालयमा पेस गर्ने जानकारी दिए । उनले भने– ‘सबै विषयमा छनाबिन गर्नेछौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष रहेको निर्देशक समितिको बैठकले निर्णय गरी कार्यान्वयन गर्नेछ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

  • प्रकाशित मिति : माघ १६, २०७८, आइतवार ०१:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८