• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

स्थानीय चुनावको सहमति जुटाउन गठबन्धनको बैठक पुन सुरु

  • खबरदाता

स्थानीय चुनावको सहमति जुटाउन गठबन्धनको बैठक पुन सुरु

 

माघ १५,२०७८

स्थानीय निकाय निर्वाचनलगायत विषयमा विचार–विमर्श गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः प्रारम्भ भएको छ ।

स्थानीय निर्वाचनको निर्णय लिन भन्दै आजनै गठबन्धनको दोस्रो बैठक सुरु भएको हो।अहिले बालुवाटारमा बसेको उक्त बैठकले ठोस निर्णय लिने अनुमान गरिएको छ।

बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताहरूको उपस्थिति छ ।

पार्टीको काम विशेषले काठमाडौँबाहिर रहेकाले जनमोर्चाका प्रतिनिधि बैठकमा अनुपस्थित भएका हुन् ।

  • प्रकाशित मिति : माघ १५, २०७८, शनिवार ११:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८