• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026

चितवनमा थपिए १७४ संक्रमित, ४ को मृत्यु

  • खबरदाता

चितवनमा थपिए १७४ संक्रमित, ४ को मृत्यु

परिक्षण गरिएकामध्ये ४१ प्रतिशतमा संक्रमण।

माघ १५ ,२०७८

चितवनमा सोमबार १७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ३२८ जनाको पिसीआर र १०१ जनाको एन्टिजेन परिक्षण गर्दा १७४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सबै भन्दा धेरै ११५ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।

चितवनमा सक्रिय संक्रमितको संख्या ४१९५ पुगेको छ। संक्रमित मध्ये ४१५६ होमआइसोलेसन र ३९ जना संस्थागत आइसोलेसनमा छन।
कोरोनक संक्रमणबाट चितवनमा आज ४ जनाको हुँदा मृत्यु हुनेको कुल संख्या ४४० पुगेको छ। मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा मकवानपुरका १ र मुरानो मेडिकल कलेजमा चितवन , बारा र स्याङ्जाका १र१ गरि थप ४ जना रहेका हुन।

जिल्लामा आज ७७ जना संक्रमित निको भएका छन।

  • प्रकाशित मिति : माघ १५, २०७८, शनिवार १०:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८