आज ३४ प्रतिशतमा संक्रमण।
माघ १४ ,२०७८
चितवन । एकै दिन ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो चौबीस घन्टामा ५४३२ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख ४२ हजार ४३६ रहेको छ ।
योसंगै हाल सम्म पिसिआर प्रबिधिबाट ९ लाख ४४ हजार ७४ र एन्टिजेन प्रबिधिबाट १ लाख २४ हजार ८५८ गरि कुल संक्रमीत संख्या ११ लाख ८ हजार ९३२ पुगेको छ।
देश भर १३७९१ को पिसिआर परिक्षण गर्दा ४८०७ र ६०७८ जनाको एन्टिजेन परिक्षण गर्दा २०२० जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर ८९ हजार ९४१ सक्रिय संक्रमित रहेका छन भने क्वारेन्टाइनमा रहनेको संख्या १३९रहेको छ।
कोरोनाका कारण आज १० जनाले ज्यान गुमाएका छन। हाल सम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ६९७ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८