• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बिएफसी पहिलो पटक चितवन जिल्ला लिगको फाइनलमा

  • खबरदाता

बिएफसी पहिलो पटक चितवन जिल्ला लिगको फाइनलमा

माघ १० ,२०७८

 

चितवन – केबिए ग्लोबल भरतपुर फुटबल क्लब ९बिएफसी० सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको फाइनलमा प्रवेश गरेको छ ।

आज ९सोमबार० सम्पन्न पहिलो सेमिफाइनल खेलमा रामपुर फुटबल क्लब रड्सलाई टाईब्रेकरमा पराजित गर्दै बिएफसी फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो । बिएफसी जिल्ला लिगमा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । यस अघि बिएफसी सेमिफाइनल भन्दा अघि बढ्न सकेको थिएन ।

बिएफसीले टाईब्रेकरमा रामपुरलाई ५-३ ले पराजित गर्‍यो । टाईब्रेकरमा बिएफसीका राज भुसाल, कप्तान सन्दिप सेन्चुरी, प्रयास तामाङ, बिबेक मगर र लिलाबहादुर थापा मगरले गोल गरे ।

रामपुरका विशाल तामाङ, सुरज श्रेष्ठ र रशिश तामाङले गोल गरे । बिशेष तामाङको तेस्रो प्रहार बिएफसीका आदित्य गुरुङले बचाए ।

त्यस अघि निर्धारित ९० मिनेटमा दुबैतर्फबाट १(१ गोल भएको थियो । पहिलो हाफको ३० औं मिनेटमा बिएफसीले अग्रता लिएको थियो । बिएफसीका प्रयास तामाङले डिबक्स भित्र प्राप्त अवसरलाई सदुपयोग गर्दै सहज गोल गरे । तर बिएफसीको अग्रता धेरै बेर टिक्न सकेन । ३२ औं मिनेटमा रामपुरले बराबरी गोल फर्कायो । रामपुरका कप्तान सुरज गुरुङले कर्नरमा सुन्दर हेड गर्दै बललाई जाली चुमाए।

दोस्रो हाफमा दुबै टिमले गोल गर्ने अवसर खेर फाले । खेलको अन्त्य तिर प्राप्त केही अवसरमा दुबै टिम गोल गर्न चुके । खेलको म्यान अफ दि म्याच बिएफसीका गोलरक्षक आदित्य घोषित भए ।

बिएफसीले उपाधिका लागि दोस्रो सेमिफाइनलको बिजेतासँह खेल्नेछ । दोस्रो सेमिफाइनल खेल केही बेरमा सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन र सौराहा युवा समाजबीच हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग १२ गतेसम्म चल्नेछ । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ ।

  • प्रकाशित मिति : माघ १०, २०७८, सोमवार ०९:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८