परिक्षण गरिएकामध्ये ४६ प्रतिशतमा संक्रमण।
माघ १० ,२०७८
चितवनमा सोमबार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार ८५८ जनाको पिसीआर र ४१३ जनाको एन्टिजेन परिक्षण गर्दा ५८३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये सबै भन्दा धेरै ३८० जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।
चितवनमा सक्रिय संक्रमितको संख्या ३३९० पुगेको छ। संक्रमित मध्ये ३३४९ होमआइसोलेसन र ४१ जना रहेका छन।
कोरोनक संक्रमणबाट चितवनमा मृत्यु हुनेको संख्या ४३८ पुगेको छ।
जिल्लामा आज ८१ जना संक्रमित निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८