परिक्षण गरिएकामध्ये ५५ प्रतिशतमा संक्रमण।
माघ ८ ,२०७८
चितवनमा बुधबार ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५६ जनाको पिसीआर र १८६ जनाको एन्टिजेन परिक्षण गर्दा ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये सबै भन्दा धेरै ३५३ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।
चितवनमा सक्रिय संक्रमितको संख्या २७३६ पुगेको छ। संक्रमित मध्ये २६८९ होमआइसोलेसन र ४७ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८