• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवन लगायत काँग्रेसका १६ जिल्लाको अधिवेशन फेरि स्थगित

  • खबरदाता

चितवन लगायत काँग्रेसका १६ जिल्लाको अधिवेशन फेरि स्थगित

 

माघ ७,२०७८

चितवन । कोरोना महामारीको कारण काङ्ग्रेसले १६ जिल्लाको अधिबेशन स्थगित गरेको छ।

यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको अधिवेशन फेरि कोरोनाका कारण स्थगित गरिएको हो ।

काँग्रेस निर्वाचन समितिका अनुसार १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको र अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने छ ।

 

काँग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने १६ जिल्लाको अधिवेशन अझै हुन सकेको छैन । ती जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्ला रहेका छन् ।

 

  • प्रकाशित मिति : माघ ७, २०७८, शुक्रवार ०९:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८