माघ ५,२०७८
गैंडाले आक्रमण गर्दा चितवनमा दुइजना घाइते भएका छन।
भरतपुर महानगर पालिका २२ पटिहानी बस्ने बर्ष ७० को बुदना महतो र बर्ष ८० को धोधारि महतोलाइ गैंडाले आक्रमण गर्दा दुबैजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार बिहीवार दिउँसो करिब साढे तीन बजेको समयमा आफ्नै घर बाहिर घाम तापिरहेको अबस्थामा आक्रमण भएको हो।
दुबैलाइ उपचारको लागि चितवन मेडिकल कलेज लगिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८