• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

साउदी नेतृत्वको सेनाद्धारा यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु


साउदी नेतृत्वको सेनाद्धारा यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

माघ ४,२०७८

साना –साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ । सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् । यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरु कैयौँ हुथी विद्रोही घाइते पनि भएका छन् ।

हुथीहरुको बाहुल्यता रहेको यमनको राजधानी सानामा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगत लामो समयदेखि हवाई हमला गर्दै आएको छ । सोमबारको सो आक्रमण पनि हुथीहरुलाई लक्ष्य गरेर गरिएको थियो । त्यस क्रममा उनीहरुका कैयौँ आश्रयस्थल भत्काइदिएको बताइएको छ ।रासस÷सिन्ह्वा

  • प्रकाशित मिति : माघ ४, २०७८, मंगलवार ०७:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८