• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

इलामबाट दस लाखको मोटर पार्ट्स बरामद

  • रासस

इलामबाट दस लाखको मोटर पार्ट्स बरामद

माघ ३,२०७८

झापा । झापाको मेचीनगर नगरपालिकाबाट १० लाख बराबरको अवैध मोटर पार्ट्स प्रहरीले बरामद गरेको छ।

प्रहरीले अवैधरूपमा भन्सार छलेर ल्याउँदै गरेको नौ लाख ९२ हजार ८७० बराबरको मोटर पार्ट्स र कारसहित मानिस नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

मेचीनगर–१२ स्थित सहरेडाँगी चोकबाट प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा इलाम जिल्ला सूर्योदय नगरपालिका–२ का मनोज खड्का सवार बा ४ च ३०९ नम्बरको वेगनर कारलाई रोकी जाँच गर्दा अवैधरूपमा भन्सार छली ल्याउँदै गरेको कारहरुमा प्रयोग हुने विभिन्न मोटर पार्ट्सका सामान बरामद भएको उनले बताए । सामानसहित चालक खड्का र कारलाई काँकरभिट्टा भन्सार कार्यालय दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

  • प्रकाशित मिति : माघ ३, २०७८, सोमवार १५:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८