माघ ३,२०७८
चितवन । चितवन जिल्लाका २ हजार ७२० जनाले बुस्टर मात्रा खोप लगाएका छन।
जिल्लामा फ्रन्ट लाइनमा रहेर काम गर्दै आएका समुहलाइ आइतबार र
सोमबार कोभिशिल्ड खोप बुस्टर मात्रा लगाइएको हो।
भरतपुर महानगरपालि भित्रका विभिन्न खोप केन्द्रबाट २ हजार ६६० जनाले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
कार्यालयका अनुसार मातृशिशु क्लिनिक जिल्ला प्रेषण केन्द्रबाट १०५० जना ,भरतपुर अस्पतालबाट २२६ जन ,पुरानो मेडि रकल कलेजबाट ४२२ जना र चितवन मेडिकल कलेजबाट ३५७ जनाले खोप बुस्टर मात्रा लगाए।
यस्तै क्यान्सर अस्पतालबाट ३४० र कारागार कार्यालय चितवनबाट २६५ जनाले समेत खोप लगाएका छन।
कालिका नगरपालिका भित्र पनि ६० जनालाइ खोप लगाइएको कार्यालयले जनाएको छ।
आइतबार र सोमबार खोप लगाउनेहरुमा ६ महिना अघि खोपको पुरामात्रा लगाएका र पहिलो पंक्तिमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मि र सुरक्षाकर्मि रहेका थिए।
सरकारले आइतबार देखि खोप बुस्टर मात्रा अभियान सुरु गरेको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८