आज ३८ प्रतिशतमा संक्रमण।
माघ ३ ,२०७८
चितवन । पछिल्लो चौबीस घन्टामा ५४७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १६ हजार ९७५ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसंगै हाल सम्म पिसिआर प्रबिधिबाट ८ लाख ५९ हजार ४८५ र एन्टिजेन प्रबिधिबाट १ लाख २ हजार ४८५ गरि कुल संक्रमीत संख्या ९ लाख ६१ हजार ९४० पुगेको छ।
देश भर १४०१४ को पिसिआर परिक्षण गर्दा ५७४७ र ३४५१ जनाको एन्टिजेन परिक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर ३० हजार ८८७ सक्रिय संक्रमित रहेका छन भने क्वारेन्टाइनमा रहनेको संख्या १०० रहेको छ।
कोरोनाका कारण आज ३ जनाले ज्यान गुमाएका छन। हाल सम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ६२३ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८