माघ ३, २०७८
काठमाडौँ — संसारको सबैभन्दा बढी पटक तस्बिर खिचिएको बाघको रूपमा चर्चित ुकलरवालीु को मृत्यु भएको छ । भारतको मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भको यो बघिनी १७ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भएको हो ।
यो बघिनीले आफ्नो जीवनकालमा २९ वटा डमरुको जन्म दिएकी थिई । बाघको संख्या वृद्धिमा ठूलो योगदान पुर्याएकी यो बघिनीलाई ‘सुपर-मम’को ट्याग दिइएको थियो ।
सन् २००८ देखि २०१८ सम्म यो बघिनीले ८ पटकमा २९ वटा डमरुको जन्म दिएकी रिजर्भका अधिकारीहरुले जनाएका छन् । शनिबार मृत्यु भएको यो बघिनीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि सयौंको संख्यामा मानिसहरु उपस्थित भएका थिए । बघिनी अन्तिम पटक जनवरी १४ मा देखिएकी थिई । टाइगर रिजर्भले बघिनीको मृत्यु शनिबार साँझ ६स्१५मा रहेको जनाएको छ ।
संसारको सबैभन्दा बढी पटक तस्बिर खिचिएको बाघको रूपमा चर्चित ‘कलरवाली’को मृत्यु भएको छ । भारतको मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भको यो बघिनी १७ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८