• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अनुगमनको बिरोधमा चितवनका किराना पसल बन्द

  • खबरदाता

अनुगमनको बिरोधमा चितवनका किराना पसल बन्द

माघ २ ,२०७८

चितवन- प्रशासनले गरेको अनुगमनको बिरोध गर्दै चितवनका ब्यवसायीले किराना पसल बन्द गरेका छन । उनीहरुले आज बिहानैदेखि आफ्नो ब्यबसाय बन्द गरेका हुन।

जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमनको नाममा आफूखुसी कसुर तोक्दै अधिकतम जरिवाना तोकेपछि सो को विरोधस्वरुप किराना व्यवसायी संघ चितवनले आइतबार र सोमबार व्यवसाय बन्दको घोषणा गरेको थियो ।

खासगरि नारायणगढको पुतलीबजार ,लाइन्सचोक लगायतका स्थानहरुमा रहेका किरानाका थोक तथा खुद्रा पसलहरु बन्द गरिएका छन् ।

संघले शनिबार विज्ञप्ति जारी गरी प्रशासन कार्यालयका प्रतिनिधिले अनुगमनको क्रममा व्यवसायीमाथि धम्कीपूर्ण भाषा प्रयोग गर्दै तत्कालको तत्कालै जरिवाना तिर्न आदेश दिने, जरिवाना नतिरे प्रहरी लगाएर थुनाउँछु भन्नेजस्ता अभिव्यक्ति दिने कार्य ज्यादै निन्दनीय भएको बताइएको थियो।

उनीहरुले विरोधस्वरुप २ र ३ पसल बन्द गरि आन्दोलनको गर्ने घोषणा गरेका थिए ।

स्मरण रहोस केहि दिनअघि नारायणगढको एक किराना पसललाई अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालयले तीन लाख जरिवाना गरेको थियो ।

  • प्रकाशित मिति : माघ २, २०७८, आइतवार ०७:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८