• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रशासनको अनुगमन शैलीको बिरोधमा चितवनका किराना पसल दुई दिन बन्द

  • खबरदाता

प्रशासनको अनुगमन शैलीको बिरोधमा चितवनका किराना पसल दुई दिन बन्द

माघ १,२०७८

प्रशासनको गरेको अनुगमन शैलीको बिरोधमा चितवनका किराना ब्यवसायीले आन्दोलित भएका छन।आन्दोलनकै क्रममा उनीहरुले माघ २ र ३ गते आफ्नो ब्यबसाय बन्द गर्ने भएका छन।

जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमनको नाममा व्यवसायीमाथि आफूखुसी अधिकतम तीन लाखसम्म जरिवाना लगाएको भन्दै आन्दोलन गर्नु परेको संघका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

संघले शनिबार विज्ञप्ति जारी गरी प्रशासन कार्यालयका प्रतिनिधिले अनुगमनको क्रममा व्यवसायीमाथि धम्कीपूर्ण भाषा प्रयोग गर्दै तत्कालको तत्कालै जरिवाना तिर्न आदेश दिने, जरिवाना नतिरे प्रहरी लगाएर थुनाउँछु भन्नेजस्ता अभिव्यक्ति दिने कार्य ज्यादै निन्दनीय भएको बताइएको छ ।

अनुगमन गर्ने कुरामा आफुहरुको बिरोध नभएको श्रेष्ठले बताए। उनले भने, ‘अनुगमन गर्नु पर्छ तर एकैपटक अधिकतम जरिवाना तोक्ने कामचै गलत हो।’ उनले भने,’एउटा किराना पसल २र३ लाखको हुदैन तर ३ लाख जरिवाना कसरी तिर्ने । सामान्य कसुरमा कुनै मौकानै नदिइकन भोलि बिहान सम्म ३ लाख तिर्नु भन्ने उधारो जरिवाना प्रति हाम्रो बिरोध हो।’

अध्यक्ष श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा अनुगमनमा उद्योग वाणिज्य संघ , खाद्य , घरेलु तथा किराना व्यवसायी संघका प्रतिनिधिहरु राख्न माग गरिएको छ।

केहि दिन अघि चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले नारायणगढको एक किराना पसललाइ तीन लाख जरिवाना तोकेका थिए।

  • प्रकाशित मिति : माघ १, २०७८, शनिवार १६:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८