माघ १,२०७८
भारत सरकारले कालापानी सम्बन्धमा आफ्नो धारणा सार्बजनिक गरेको छ।
उसले नेपालसँगको सिमानाका सम्बन्धमा आफ्नो धारणा यथावत र स्पष्ट रहेको बताएको हो । नेपालस्थित भारतिय राजदुताबासका प्रबक्ता नविन कुमारले एक बिज्ञप्ति जारी गर्दै पहिलेनै सिमा बारे धारणा सर्बजनिक भएको बताएका हुन।
उनले भारत–नेपाल सीमा समस्याबारे हालै नेपालमा सार्वजनिक भएका समाचार एवं वक्तव्यबारे यहाँस्थित भारतीय राजदूतावासले दुई मुलुकबीच स्थापित अन्तर सरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने धारणा प्रष्ट्याएको छ ।
दुई देशबीचको सीमाका विषयमा आफ्नो धारणा नेपाल सरकारलाई अवगत गराएको जनाउँदै दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयलाई सधैँ हाम्रो निकट तथा मैत्री सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ’ भनिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८