माघ १,२०७८
चितवन । सनिवार १३५ जना कोरोना संक्रमित थपिएसंगै चितवन जिल्ला पनि रेडजोनमा परेको छ। जिल्लामा अहिले सक्रिय संक्रमित ५९५ पुगेका छन।
चितवन बाहेक अन्य सात जिल्ला पनि रेडजोनमा छन।प्रदेश नम्बर १ को मोरङ र सुनसरी बागमतीको काठमाडौं , ललितपुर र भक्तपुर ,गण्डकी प्रदेशको कास्की र सुदुरपश्चिमको कर्णालीमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन।
यस्तै सात जिल्लामा सक्रिय संक्रमितको संख्या २०० नाघेको छ। ती जिल्लाहरुमा झापा , धनुषा , मकवानपुर , काभ्रे , नवलपरासी पुर्ब, बाँके र रुपन्देही रहेका छन।
सनिवार देशभर १४ हजार ५५६ नमुनाको परिक्षण गर्दा ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो भने देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८