पुस ३०,२०७८-निशा श्रेष्ठ
चितवन – भरतपुर महानगरपालिका –१२ गोन्द्राङका चित्रबहादुर गुरुङ शुक्रबार स्वास्थ्य कार्यालय चितवनमा कोभिड विरुद्धको खोप लगाउन लाइनमा बसिरहेका थिए ।
झण्डै तीन घण्टा लाइनमा बसिसकेका उनको पालो कुनबेला आउँछ भन्ने निश्चित थिएन । महानगर भित्रकै एक कम्पनीमा सवारीचालकको काम गर्ने उनले यसअघि पनि खोप लगाउनेबारे सुचना पाएका थिए । तर बेवास्ता उनले त्यस सुचनालाइ बेवास्ता गरे ।
अहिले भने उनलाइ खोप लगाउनु पर्ने बाध्यता आइ लाग्यो।उनले रहरले भन्दा पनि बाध्यात्मक परिस्थीतीले खोप लगाउन आएको बताए । ‘साहुले खोप नलगाएसम्म अफिसमा पस्नै नदिने भनेपछि आएको हुँ । पहिले पनि खोप लगाउने सुचना पाएको त थिए तर वास्ता गरिएन् ।’५९ वर्षीय गुरुङले भने, ‘खोप नलगाएसम्म कम्पनीले गाडी चलाउनै पाउँदैनौ भनेपछि लगाउन परेनत ।
अर्का सवारीचालकको काम गर्ने भिम बहादुर गुरुङ पनि खोप लगाउने पालो कुर्दै लामो लाइनमै थिए । सरकारले सार्वजनिक ठाउँमा जान खोप कार्ड अनिवार्य गर्ने खबर पाएपछि स्वास्थ्य कार्यालयमा खोप लगाउन आएको उनले बताए । खोप कार्ड बिना कुनैपनि काम गर्न नपाइएला जस्तो लागेको उनले सुनाए। उनले भने ‘गाडीको लाइन्सेस भन्दा पनि अब त खोप कार्डको जरुरत पर्छ जस्तो छ। बजारमा हल्ला पनि तेस्तै छ अनि साहुले पनि खोप नलगाइ काममा नाआउन भन्न थाले।
उनले थपे , हामी अब कहिँ कार्यालयमा गयौँ भने पनि त्यो कार्ड देखाएसी बल्ल भित्र जान पाइन्छ भन्ने नियम सरकारले राखेको छ भन्ने पनि सुनेको छु । पूर्वी चितवनको रत्ननगरबाट आएका गुरुङले भने ।,‘अब त लागउनैपर्यो नि नियम नै यस्तो भएसी ।’
पहिल पनि खोप लगाउने बिचार गरेको तर ज्वरो आएकाले लगाउन नपाएको उनले बताए । गुरुङले भने खोप लगाउने बेलामा ज्वोरो आयो लगाउन पाइन।पछि कोरोना हराउँदै गयो अनि खासै वास्ता पनि गरिन। अब भने खोप कार्ड इमर्जेन्सी भएको जसो हल्ला आएक्ल उनले सुनाए । उनले भने,‘स्वास्थ्यको लागि पनि राम्रै हुन्छ अरे हामी हिडीरहनुपर्ने मान्छेलाई’ उनले भने ।
खोप लगाउनेको भीड बढेपछि बिहीबार भरतपुर ११ बस्ने भिमबहादुर बुढाथोकीको पालो आएन्। शुक्रबार पनि उनी लाइनमै खोपको व्यग्र प्रतिक्षामा थिए । स्थाइ घर तेह्रथुम भएका उनी बिदामा घर गएका थिए । तर खोपकै लागि भनेर कलेजबाट नोटिस आएपछि पुनः चितवन फर्केको उनले बताए बताए ।
कोरोना संक्रमणको दर पछिल्लो एकहप्ता देखि ह्वात्तै बढेको छ । कतिपयले कोरोनाको डरले त कतिपयले भने प्रशासनले लागू गरेको खोप कार्ड अनिवार्यको कारण खोप लगाउन आएको बताए ।
भरतपुर– १० मा पसल गरेर बस्ने सुजन कट्टेलले अब बाहिरफेर हिड्नै नपाइने हो कि भन्ने डरले खोप लगाउन आएको बताए । श्रीमतीसहित खोप लगाउन आएका उनी बिहीबार चार घण्टा लाइनमा बस्दा पनि पालो नपाएपछि शुक्रबार पनि खोपको लाइनमै पालो पर्खदै थिए । ‘साइड इफेक्ट हन्छ कि भन्ने डरले पहिले लगाइएन । अहिले पनि लगाउने सोच त थिएन् । सार्वजनिक ठाउँमा खोप नलगाएमा जान पाइदैन् भन्ने खबरले हतार हताए स(परिवार आएका हौँ’ उनले भने ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनकी सुचना अधिकारी गितान्जली ढकाल खोप कार्ड अनिवार्य हुने भएपछि खोप लगाउने भीड बढेको बताउँछिन् ।
‘खोप कार्ड चाहिने भएरै भीडभाड धेरै भएको हो । दोस्रो डोज र पहिलो डोज लगाउन १८ वर्ष माथिका पनि आउनुभएको छ तर धेरै खोप कार्डनै अनिवार्य भएपछि बल्ल खोप लगाउन आउनुभएको छ उनले भनिन् । दिनको १० हजार माथि संख्याले भरतपुर महानगरमा खोप लगाइरहेको सुचना अधिकारी ढकालले बताइन्।
अन्य नगरपालिकामा पनि दैनिक एक हजार माथिले खोप लगाइरहेको उनले बताइन् । त्यसैले पनि खोपको अभाव भने नहुने उनको भनाइ थियो।
बाध्यकारि नियमकै कारण खोप लगाउनेको भिड बढेको बताउँछन भरतपुर महानगरका स्वास्थ्य अधिकृत दिपक सुबेदि ।महानगरले हप्तामा एक दिन खोप लगाउदा पनि खोप केन्द्र सुनसान जस्तै हुने गरेको उनले बताए । उनले भने , सरकारले लागु गर्न लागेको नियमले गर्दा पहिले बेवास्ता गर्नेहरु अहिले आएपछि थाम्नै नसकिने अबस्था आएको सुबेदिले बताए।
अहिले खोपको मात्रा कम भएको र यस्तै भिड बढिरहे समस्या हुने उनको भनाइ थियो। महानगरमा जनशक्ति कम भएकोले पनि धेरै सेवा दिन समस्या भएको उनको भनाइ थियो। अहिले महानगरले तीस भन्दा बढी स्थानबाट खोप सुबिधा दिइरहेको छ।
देश भर शुक्रवार ५ हजार ८७ जना नयाँ संक्रमित थपिएका छन ।जस मध्ये १४६ जना चितवनका हुन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८