• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

लामिछानेको नेतृत्वमा चितवन युवा संघ गठन


लामिछानेको नेतृत्वमा चितवन युवा संघ गठन

पुस ३०, २०७८

चितवन – नेकपा (एकीकृत समाजबादी) पार्टीको युवा संघ नेपाल जिल्ला कमिटी चितवन गठन भएको छ । शुक्रवार भरतपुरमा आयोजित एक भेलाले संजिब लामिछानेको अध्यक्षतामा २५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा रामचन्द्र लम्साल, सचिवमा ईश्वरराज अधिकारी, सह–सचिवमा शुशील भट्टराई र कोषाध्यक्षमा चन्द्र पौडेल सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा राजु गिरी, महेश सुबेदी, सुरज लामिछाने, किरण श्रेष्ठ, ईश्वर रानाभाट, सुमन श्रेष्ठ, रामहरी अधिकारी , विजय रिजाल लगायत २५१ जना रहेका छन् ।

भेलामा नेकपा (एकीकृत समाजबादी) का प्रदेश कमिटी सदस्य बाबुराम पाठक, पार्टी जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने लब्ली,जिल्ला सचिव कुलप्रसद लामिछाने, युवा इन्चार्ज ईश्वर रिमाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई युवासंघका सचिव ईश्वरराज अधिकारीले सञ्चालन गरेका थिए ।

  • प्रकाशित मिति : पुस ३०, २०७८, शुक्रवार १२:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८