• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज ५०८७ संक्रमित थपिए , ३ को मृत्यु


आज ५०८७ संक्रमित थपिए , ३ को मृत्यु

आज २४.७५ प्रतिशतमा संक्रमण

पुस ३०,२०७८

चितवन- देशभर पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाहरुमा २०,५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३ सक्रिय संक्रमित छन् ।आज देशभर ३ लाख २० हजार २६७ जनाले खोप लगाएका छन् । क्वारेन्टाइमा रहनेको संख्या ११५ रहेका छन् ।

  • प्रकाशित मिति : पुस ३०, २०७८, शुक्रवार ११:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८