पुस २९,२०७८
चितवन ।जिल्लाको पश्चिम् क्षेत्रमा रहेर काम गर्दै आएका पत्रकारहरुको समुहले पत्रकार मञ्चको गठन गरेका छन।
बिहीवार सो क्षेत्रका पत्रकाहरुको बृहत भेलाले अपिल घिमिरेको अध्यक्षतामा २२ सदस्यीय पत्रकार मञ्च गठन गरेको हो ।
मञ्चको उपाध्यक्षमा अनिल भट्टराई र दीपा गौतम, सचिवमा हेमराज रिमाल, सहसचिवमा विवेक पोख्रेरल र विनिता श्रेष्ठ, कोषाध्यक्षमा रविन सुवेदी चयन भएकाछन् । सदस्यहरुमा रामशरण गैरे, प्रकाश लामिछाने, हिरालाल आचार्य डायमण्ड, लक्ष्मी ढकाल, पुनम थापा मगर, सविता अधिकारी, समीर चापागाई, अविरल यात्री अधिकारी, देउबहादुर थापामगर, रमेश घिमिरे, किरण सापकोटा प्रेम छन् ।
यस्तै सदस्यहरुमा सुरज परियार, पुजा ढकाल, भानुभक्त रानाभाट, संगिता बानियाँ छन् । एक सदस्य पछि कार्यसमितिले मनोनित गर्नेछ ।
मञ्चले पश्चिम् क्षेत्रमा रहेका पर्यटकिय स्थानहरु र कृषिको प्रचार प्रसार तथा प्रबर्द्धन गर्ने घिमिरेले बताए । समाचारका साथ साथै ब्यबहारिकतामा पनि पत्रकारहरुको सहभागिता गराउने उदेश्य रहेको उनको भनाइ थियो।घिमिरे अहिले सरसफाइ अभियानका अभियान्ता हुन।
उक्त भेलामा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त पराजुली, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रतिमा सिलवाल, प्रेस चौतारीका प्रदेश सदस्य सविता श्रेष्ठ, प्रेस सेन्टर बागमती प्रदेश सचिव सन्तोष देवकोटा, पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रमिता ढकाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, उपाध्यक्ष सूर्य अधिकारी, कोषाध्यक्ष विप्लव काफ्ले, प्रेस चौतारी चितवनका सचिव मुकुन्द भुषाल, कोषाध्यक्ष बद्री अर्याल, प्रेस सेन्टर चितवनका सचिव रवि अधिकारी, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ लगायतको सहभागिता रहेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८