पुस २८,२०७८
चितवन । भरतपुरको रिजालचोकमा नेचुरल फर्निचर सञ्चालनमा आएको छ ।
बुधवार एक कार्यक्रमका बिच फर्निचर शोरुमको उद्घाटन गरिएको हो । फर्निचरको उद्घाटन नेपाली सिने क्षेत्रका चर्चित कलाकार आर्यन सिग्देल र उद्यगपति भाष्करराज राजकर्णिकारले गरेका थिए ।
उद्घाटन कार्यक्रममा फर्निचरका सञ्चालक श्याम पौडेलले फर्निचर र फर्निसिङ्ग सम्बन्धी सामानहरु विक्रिवितरण र केहि समयपछि उत्पादन गर्ने उदेश्यले पसल सञ्चालनमा ल्याएको जानकारी दिए । ‘हामीले यो क्षेत्रमा सर्वसुलभ ढङ्गबाट स्तरीय साम्रगी बिक्रि बितरण गर्नेछौं। भरतपुर क्षेत्रमा अफिसियल फर्निचरको साम्रगी विक्रि वितरण गर्ने केन्द्रको अभाव र स्थानियको आवश्यकतालाई मध्यनजर गरेर सञ्चालनमा ल्याएका हौ’ उनले भने ।
एक करोडको लगानीमा सञ्चालनमा ल्याइएको फर्निचर तथा फर्निसिङ शोरुममा अफिसियल, घरयासी, स्कुल, कलेज, हस्पिटल, होटल, रिसोर्ट लगायतका क्षेत्रमा आवश्यक फर्निचरसँग सम्बन्धित सम्पूर्ण सेवा आफूहरुले प्रदान गर्ने उनले बताए । त्यस्तै फर्निसिङ सम्बन्धि पर्दा, कार्पेट लगायत घर अफिस सजावटका सामानहरु उपलब्ध हुनेछन् ।
फर्निचर तथा फर्निसिङ शोरुमको उद्घाटनका अवसरमा ग्राहकले उक्त शोरुमबाट सामान किन्दा एक हप्तासम्म २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । फर्निचरको उद्घाटन कार्यक्रममा बोल्दै उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले यस फर्निचर ब्रान्डले चाँडैनै स्वदेशी उत्पादन सुरु गर्ने लक्ष्य लिएको भन्दै आफुले यस क्षेत्रमा सक्दो सहयोग गर्ने बताएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८