आज २३.५८ प्रतिशतमा संक्रमण।
पुस २८,२०७८
चितवन । पछिल्लो चौबीस घन्टामा २७८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १५ हजार ७६ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ३०७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै हाल सम्म पिसिआर प्रबिधिबाट ८ लाख ३८ हजार ३७५ र एन्टिजेन प्रबिधिबाट ९८ हजार ५९४ गरि कुल संक्रमीत संख्या ९ लाख ३६ हजार ९६९ पुगेको छ।
देश भर ९०५१ को पिसिआर परिक्षण गर्दा २४४८ र ३९८५ जनाको एन्टिजेन परिक्षण गर्दा ६२७ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर ११ हजार ६९० सक्रिय संक्रमित रहेका छन भने क्वारेन्टाइनमा रहनेको संख्या २१८ रहेको छ।
कोरोनाका कारण आज २ जनाले ज्यान गुमाएका छन। हाल सम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ६०९ पुगेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८