• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

महोत्सव स्थलमै पुगेर सिडिओले दिए महोत्सव बन्द गर्न निर्देशन


महोत्सव स्थलमै पुगेर सिडिओले दिए महोत्सव बन्द गर्न निर्देशन

 

केपी शर्मा –  पुस २८, २०७८

 

चितवन । चितवनका प्रमुख जिल्ल अधिकारी अस्मान तामाङले चितवन महोत्सव लागिरहेको स्थालमै पुगेर महोत्सव बन्द गर्ने निर्देशन दिएका छन् ।

बुधवार मध्यान्ह १२ बजेको समयमा चितवनका सिडीओसहित भरतपुर महानगरकी मेयर रेनु दाहाल ,उपमेयर पार्वती शाह ठकुरी र चितवन प्रहरीका प्रमुख ओमप्रकाश अधिकारी सहितको टोली महोत्सव स्थल नारायणी नदि किनारमा पुगेको थियो ।

जिल्ला प्रशासन र सरोकार वालासँगको सर्वपक्षीय बैठकले गत आइतबारबाट सुरु भएको महोत्सवलाई कोरोनाको जोखिमका कारण भन्दै दुई दिनको समय दिएर २९ गते बन्द गराउने निर्णय भएको थियो ।
यद्यपी महोत्सव अवलोकनकर्ताको बाक्लो उपस्थिती रहेको देखिएपछि चितवनका प्रमुख जिल्ला अधिकारी लगायतको टोली वस्तुस्थिती बुझ्न नारायणी किनारमै पुगेको हो । महोत्सव स्थलमा उद्योग वाण्ज्यि संघ चितवनका पदाधिकारीहरुसँग भेटमा आजैबाट महोत्सव बन्द गर्न निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी तामाङले आजैबाट महोत्सव बन्द गर्न निर्देशन दिएको बताए । ‘हामीले मंगलबार नै महोत्सव रोक्ने निर्णय गरेका हौं । व्यवस्थापनको लागि दुई दिन समय थप गरिएको हो । तर अवलोकनकर्ताकै भीड लागेको कुरा आएपछि गृह मन्त्रालयलेनै मलाई वस्तुस्थिती बुझ्न निर्देशन गरेको थियो । सोहीअनुसार हामी यहाँ आयौँ ।’ उनले भने,‘भीडभाडनै देखेपछि आजको दिनबाट बन्द गर्न पनि निर्देशन दियौँ ।’

भरतपुरकि मेयर रेनु दाहालले पनि अबस्था बारे बुझ्न महोत्सव स्थल पुगेको बताइन। उनले भनिन, ‘अवस्था हेर्दा तुरुन्तै बन्द गर्नु पर्ने देखियो त्यसै अनुसार भनेका छौं। आजै बेलुकाबाट बन्द गर्नु हुनेछ।’

उद्योग वाण्ज्यि संघ चितवनले जिल्ला प्रशासनको निर्देशन अनुसार आज बुधबार साझ पाँच बजेदेखि औपचारिक रुपमा महोत्सव समापानको घोषण गर्दैछ । संघका अध्यक्ष राजु श्रेष्ठले भने,‘सिडीओ साहेब आउनुभएको थियो ।आजै बेलुकाबाट महोत्सव बन्द गर्न निर्देशन भएको छ सोहि अनुसार समापन गरिनेछ । ’

यस्तो कोरोना बढिरहेको बेला पनि महोत्सवलाई दुई दिन समय थप गरिदिएकोमा प्रशासनलाई उनले धन्यवाद दिए।

महोत्सव दुई दिन समय उपलब्ध गराएपछि घाटा पनि करिब २५ देखि ३० लाखमा झरेको उनले बताए।

यस कार्यको लागि सहयोग पुर्याउने व्यापारीव्यवसायी तथा राजनितीक दलहरुलाई समेत धन्यवाद दिए ।

आज साझ पाँच बजे संघका अध्यक्ष श्रेष्ठले औपचारिक रुपमा महोत्सव समापन भएको घोषणा गर्दैछन्।

  • प्रकाशित मिति : पुस २८, २०७८, बुधवार १०:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८