आज १६.२५ प्रतिशतमा संक्रमण।
पुस २७,२०७८
चितवन । पछिल्लो एकै दिनमा ३१३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १४ हजार ७९८ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप २४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै हाल सम्म पिसिआर प्रबिधिबाट ८ लाख ३५ हजार २९७ र एन्टिजेन प्रबिधिबाट ९७ हजार ९ सय ६७ गरि कुल संक्रमीत संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ।
देश भर १०६४८ को पिसिआर परिक्षण गर्दा १९८१ र ४३८५ जनाको एन्टिजेन परिक्षण गर्दा ४६३ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर ९ हजार ५२२ सक्रिय संक्रमित रहेका छन भने क्वारेन्टाइनमा रहनेको संख्या ११३ रहेको छ।
कोरोनाका कारण आज १ जनाले ज्यान गुमाएका छन। हाल सम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ६०७ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८