पुस २७,२०७८
चितवन । चितवनमा मंगलबार ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार ३ सय ६७ जनाको पिसीआर र २३ जनाको एन्टिजेन परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यो संख्या परिक्षण गरिएका मध्ये १२ प्रतिशत हुन आउँछ।
स्वास्थ्य कार्यालयका अनुसार सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ४३ जनामा संक्रमण पुष्टि भएको छ।
हाल ७ जनाको अस्पतालमा उपचार भइरहेको छ भने १५५ जना घरमै आइसोलेसनमा छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८