• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024

चितवन जिल्ला लिगमा सौराहा पुनः बराबरी


चितवन जिल्ला लिगमा सौराहा पुनः बराबरी

पुस पुस २७,२०७८

चितवन – सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाज लगातार तेस्रो खेलमा बराबरीमा रोकिएको छ ।

आज ९मंगलबार० भएको पहिलो खेलमा सौराहा माडीसँग गोलरहित बराबरीमा रोकिएको हो । दुबै टोलीले पाएका केही अवसर सदुपयोग गर्न सकेनन् ।

बराबरीपछि दुबै टोलीले अंक बाँडेका छन् । यससँगै सौराहाले ३ खेलबाट ३ अंक बनाएको छ । माडीको ३ खेलबाट ४ अंक भएको छ ।

खेलको म्यान अफ दि म्याच सौराहाका डिफेन्डर प्रकाश चौधरी घोषित भए ।लिग अन्तर्गत आजको दोस्रो खेल रामपुर फुटबल क्लब रड्स र हर्दी युवा समाजबीच हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् ।

लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ हजार प्राप्त गर्नेछ ।

  • प्रकाशित मिति : पुस २७, २०७८, मंगलवार १०:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८