पुस, २७ २०७८
चितवन– जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको देखिन्छ । संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा हुने महोत्सव सभा सम्मेलन रोक लगाएको छ । उस्ले सोमबार साझ ७ बुँदे आदेश जारी गरेको छ ।
आदेशमा २५ जनाभन्दा बढी भेला भई गरिने मेला महोत्सव तथा सेमिनारलाई बन्द गर्ने गराउने उल्लेख गरिएको छ । चितवनमा चलिरहेको चितवन महोत्सवलाई प्रशासनले बन्द गर्न भनिसकेको छ ।
प्रशासनले आइतबारदेखि जारी चितवन महोत्सवलाई दुई दिनको लागि व्यवस्थापन गर्ने समय भन्दै समयसीमा तोकेको छ ।
प्रशासनले जोखिमको अवस्थालाई मध्यनजर गरेर भीडभाडजन्य क्रियाकलाप रोक्ने आदेश दिएपनि नारायणी किनारमा जारी चितवन महोत्सवको बुधवारको दृश्य भने बेग्लै देखिन्छ । लामो समयपछि सञ्चालन गरिएको महोत्सव भएकाले होला कोरोनालाई बेवास्ता गरेर नै किन नहोस अवलोकनकर्ताहरु ओइराखेका छन् ।

महोत्सवकै गेटमै मास्क स्यानिटाइजरको व्यवस्था आयोजकले गरेपनि स्वास्थ्य सजगताका अन्य उपाय भौतिक दुरी सम्म भीडले अपनाएको छैन् । कतिपय अवलोकनकर्ता भने बिना मास्क नै हिडिरहेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्क केलाउने हो भने पुसको तेस्रो सातासम्म ५ देखि १२ जना सम्ममा कोरोना संक्रमण देखिएकोमा २५ गतेको परीक्षणमा बढेर ४१ पुगेको छ ।
मंगलबार चितवनमा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार ३६७ जनाको पिसीआर र २३ जनाको एन्जिेन्ट परिक्षण गर्दा सो संख्यामा संत्रलमण देखिएको हो । जस्मध्ये भरतपुर महानगरपालिकाका मात्रै ४३ जना रहेका छन् । भरतपुरमा यति धेरै संक्रमित बढरहँदा महोत्सवलाई भने पूर्णरुपमा बन्द गर्न प्रशासन लागिपरेको देखिदैन । प्रशासनले दुई दिनको व्यवस्थापन समय भन्दै महोत्सव बन्द गर्न आदेश नै जारी गरेको अवस्थामा महोत्सव भने निर्वाध रुपमा चलिरहेको छ ।

अहिलेपनि टिकट काटेर महोत्सवको अवलोकन गर्नेको भीड नै देख्न सकिन्छ । जिल्लामा रहेका सम्पूर्ण विद्यालयहरु बन्द रहेको अवस्थामा महोत्सवमा भने बाल उद्यानमा राम्रै चहलपहल देख्न सकिन्छ ।
स्वास्थ्य कार्यालय चितवनकी सुचना अधिकारी गितान्जली ढकालले पछिल्लो दुई दिनमै जिल्लामा संक्रमणको जोखिम ह्वातै बढेको बताउँछिन् । ‘अस्तिसम्म संक्रमणको दर एक दुई प्रतिशत मात्रै थियो । अहिले धेरै ने बढेको छ ।’ उनले भनिन् ।
भरतपुर अस्पतालका मेसु डा. कृष्णप्रसाद पौडेलले जिल्लमा कोभिड संक्रमण तिव्र गतिमा उकालो लागेको भन्दै यसलाई रोकथाम गर्ने प्रशासनले भूमिका खेल्न्ुपर्ने बताए । उनले भने, ‘दैनिक संक्रमित बढिराखेका छन । आज मंगलबारको तथ्याक हेर्ने हो भने जिल्लाभित्रै परिक्षण गरिएका नमुनामध्ये १२ प्रतिशतमा संक्रमण देखिएको छ । चार दिन अघि र आजको तुलना गर्ने हो भने अबको दस दिनपछि अवस्था के हुन्छ आफै अनुमान लगाउन सकिन्छ ।’
अनिवार्य रुपमा मास्क बाध्यकारी बनाउनुपर्ने र मेलामहोत्सव अहिलेकै समयबाट पूर्ण रुपमा बन्द गरिनुपर्ने अवस्था आएको उनले बताए ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८