• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवन महोत्सव बुधबार सम्म चल्ने, अन्य महोत्सव नहुने

  • खबरदाता

चितवन महोत्सव बुधबार सम्म चल्ने, अन्य महोत्सव नहुने

 

पुस २६,२०७८

 

चितवन । कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन) को संक्रमण बढ्दै गएपछि चितवनमा मेला महोत्सव सञ्चालनमा रोक लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा सोमबार भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसिसिएमसी) को बैठकले उक्त निर्णय गरेको हो।

सर्वदलीय सर्वपक्षीय बैठकले जारी चितवन महोत्सव दुईदिन चल्न दिने र अरु महोत्सव रोक्ने निर्णय गरेको छ ।

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आइतबारदेखि नारायणी नदी किनारमा सुरु भएको महोत्सव भने ब्यबस्थापन मिलाउन भन्दै दुई दिन सम्म चल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारि आस्मान तामाङले बताए ।

‘चितवन महोत्सवलाई बुधबार सम्म चल्न दिने र सुरु नभएका अन्य महोत्सव भने  हाललाइ स्थगित नगर्ने निर्णय भएको उनले बताए ।

चितवनमा दुई ठूला महोत्सव एकैचोटि हुँदै थिए । १३औँ संस्करणको चितवन महोत्सव आइतबारदेखि सुरु भएको हो ।

उद्योग वाणिज्य संघ रत्ननगरले मंगलबारदेखि ११औँ संस्करणको रत्ननगर महोत्सव आयोजना गर्ने तयारी थियो । टिकौली चौरमा महोत्सवको सम्पूर्ण तयारी पूरा गरिसकिएको छ । पूर्वी चितवनकै खैरहनीमा पनि खिचरा महोत्सव गर्ने तयारी थियो ।

  • प्रकाशित मिति : पुस २६, २०७८, सोमवार १३:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८