पुस, २६ २०७८
लामो समयदेखि आन्दोलरत सुकुम्बासीहरुले देशभर आन्दोलन चलाइरहँदा चितवनका सुकुम्बासीहरुले पनि ‘नो लालपुर्जा , नो भोट, ’ अभियान थालेका छन् ।
सुकम्बासीहरुको छाता संगठन मानिएको नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले सोमबार भरतपुरमा वृहत र्याली निकालेको छ । सयौंको संख्यामा नारायणगढको लायन्सचोकमा भेला भएका लालपुर्जाविहीनहरुले सरकारलाई दबाब दिएका हुन् । आउदो चुनावमा लालपुर्जा नपाए कसैलाई पनि भोट नदिने बताएका छन् ।

उपस्थित प्रर्दशनकारीहरुले विभीन्न खालका ब्यानर तथा प्लेकार्डहरु बोकेका थिए । उनीहरुले ‘सुकम्बासीको नाममा राज्यको ढुकुटी दोहन गर्न पाइदैन’ , ‘उधारोमा भोट माग्ने प्रथा बन्द गर’ , ‘लालपुर्जा नदिने आयोग चाहिदैन, आयोग गठन र विघटन गर्ने प्रवृतिको अन्त्य गर’, ‘पहिला लालपुर्जा पछि भोट’ लगायतका नारा लगाउदै पम्पलेट पर्दशन गरेका थिए ।

प्रर्दशनमा आएका भरतपुर १४ शिवनगरका सुसन विकले नेताहरुले धेरै चोटी लालपुर्जा दिन्छु भनेर झुक्काएको गुनासो गरे।उनले अब लालपुर्जा नदिएसम्म कुनैपनि नेतालाई भोट माग्न नआउन चेतावनी समेत दिए । ‘हाम्रो बाबुबाजेहरु २०३६ सालदेखि यहिँ बसेका हुन् । हामीलाई लालपुर्जा नदिएसम्म भोट पनि दिन्नौ । ’ उनले भने, ‘सधैभरी आश्वसनले मात्रै भएन् हाम्रो हातमा लालपुर्जा हुनुपर्यो’ ।

शिवनगगरकै श्मसेर परियारले सुकुम्बासीलाई चाडो भन्दा चाडो लालपुर्जा दिनुपर्ने . बताए । सरकारले सधै झुक्क्एको उनको आरोप छ ।
सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि अधिकार सम्पन्न कार्याविधिको निर्माण गर्दै फास्ट ट्रयाकबाट लालपूर्जा वितरण गर्न स्थानीय निकायलाई अधिकार हस्तान्तरण गर्नुपर्ने सुकुम्बासीले माग छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८