• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

नाइजेरियामा लुटेराको आक्रमणमा परि २०० को मृत्यु


नाइजेरियामा लुटेराको आक्रमणमा परि २०० को मृत्यु

पुस २५,२०७८

 

एजेन्सी । टेराहरूको आक्रमणमा परी नाइजेरियामा मृत्यु भएकाहरूको सङ्ख्या २०० भन्दा बढी पुगेको छ । हिंसात्मक घटनाका कारण अरू हजारौँ विस्थापित पनि भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

यसअघि शुक्रबार बन्दुकधारीहरूको आक्रमणमा परी कम्तीमा १४० भन्दा बढीको मृत्यु भएको दाबी गरिएको थियो ।

लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा निर्दोष नागरिकहरूको हत्या गरेको जनाइएको छ ।

स्थानीय एक नेताले लुटेराहरूको समूहले आम नागरिकमाथि हिंसात्मक आक्रमण गरेको बताएका छन् । आक्रमणकारीका सयौँ लडाकूहरू मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

उनीहरूले १० गाउँमा आक्रमण गरेका हुन् । आक्रमणकारीहरूले घरघरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयको भनाइ छ ।

घटनापछि आइतबार पहिलो प्रतिक्रिया दिँदै मानवीयता मामिला मन्त्री सादीया उमर फारौकले घटना अत्यन्त दुःखद् र दर्दनाक भएको बताउनुभएको छ ।

घटनाका कारण १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । “विस्थापित भएका व्यक्तिहरूका बारेमा पनि सरकारले सोचिरहेको छ, सक्दो सहयोग सरकारले गर्नेछ,” उहाँले भन्नुभयो।

विस्थापित भएकाहरूलाई तत्काल आवश्यक पर्ने सामग्री र स्रोत साधनहरू पठाउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आम नागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरूसँग सरकारी पक्षले सङ्घर्ष गरिरहनु परेको छ ।

सरकारले उनीहरूलाई आतङ्वादी समूहको रूपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ । तर हिंसात्मक घटनाहरू भने निरन्तर भइनै रहेका छन् ।

  • प्रकाशित मिति : पुस २५, २०७८, आइतवार १६:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८