• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आन्तरिक हवाई यात्रा गर्न खोप कार्ड अनिवार्य

  • खबरदाता

आन्तरिक हवाई यात्रा गर्न  खोप कार्ड अनिवार्य

 

पुस २५,२०७८

सरकारले आन्तरिक हवाई यात्रा गर्नेलाइ पनि खोप कार्ड अनिवार्य गर्ने भएको छ।

कोरोनाको संक्रमण बढेसंगै सरकारले स्वास्थ्य मापदण्डलाइ कडाइ गर्न थालेको छ।

आइतबार बसेको सिसिएमसीको बैठकले आन्तरिक हवाई उडानमा अनिवार्य रुपमा खोप कार्ड बोक्नुपर्ने व्यवस्था लागु गर्न भनेको छ।

अब आउदो माघ ७ गतेपछि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्रै बोर्डिङ पास उपलब्ध गराइने छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन समेत अनुरोध गरेको छ ।

  • प्रकाशित मिति : पुस २५, २०७८, आइतवार १५:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८