पुस २३,२०७८
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । शुक्रबार एकैदिन १५८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि बिहीबार १२० र बुधबार ५५ मा सङ्क्रमण देखिएको थियो ।
गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ३८५ को नमूना परीक्षण गर्दा १५८ जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरमार्फत ५७ र एन्टीजेनमार्फत १०१ जनामा पुष्टि भएको थियो ।पीसीआरमार्फत महाकाली अस्पतालमा ५१ र सेती प्रादेशिक अस्पतालमा ६ र एन्टीजेनमार्फत कैलालीका ५८, कञ्चनपुरका ४०, बझाङ्गका दुई र डडेल्धुराका एकमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर छ जना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण कुनै मृत्यु भएको छैन । यसअघि बिहीबार यस प्रदेशमा १२० मा सङ्क्रमण पुष्टि हुँदा छ सङ्क्रमणमुक्त भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को मृत्यु भइसकेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८