आज ६ प्रतिशतमा संक्रमण। चितवनमा ९ जना थपिए।
पुस २३,२०७८
चितवन । पछिल्लो एकै दिनमा २६२ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १३ हजार ७०९ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै पिसिआर प्रबिधिबाट ८ लाख ३१ हजार ५२ र एन्टिजेन प्रबिधिबाट ९६ हजार ८४१ जना संक्रमीत हुन पुगेका छन।
देश भर ८२७२ को पिसिआर परिक्षण गर्दा ५७२ र ६६९९ जनाको एन्टिजेन परिक्षण गर्दा ३९६ जनामा संक्रमण पुष्टि भएको हो । आज चितवनमा ९ जना मात्रै संक्रमित थपिए।
हाल सम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ६०२ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८