• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

क्रिश्चियनहरु मिलेर राजनीतिक पार्टी निर्माण गर्न आङकाजीको सुझाव


क्रिश्चियनहरु मिलेर राजनीतिक पार्टी निर्माण गर्न आङकाजीको सुझाव

क्रिश्चियनहरुको भेलामा जाँदा क्रिश्चियन पार्टी खोल भन्ने , बौदिष्टकोमा जाँदा त्यहाँ पनि पार्टी खोल भन्ने , जनजातीमा आए अर्कै पार्टी खोल भन्ने आङकाजी शेर्पाले धर्मका नाममा हिँसा ल्याउन त खोजेका होइनन ?

केपी शर्मा,  पुस १९, २०७८ ।

हमेसा बोलेरै विवादीत बनिरहने आङकाजी शेर्पाले देशभरका क्रिश्चियन मिलेर सिँगो राजनीतिक पार्टी बनाउन सुझाव दिएका छन् । चितवनको सौराहामा सोमवारदेखि सुरु भएको राष्ट्रिय ख्रीष्टियन महासघ नेपालको १४ औँ राष्ट्रिय भेलालाई सम्वोधन गर्दै शेर्पाले सो कुरा बताएका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका शेर्पाले सवै क्रिश्चियनको मुद्दा एक भएर उठाउनुपर्ने उनको भनाई थियो । उनले भन ,“दार्चुलादेखि ताप्लेजुङ सम्म र कैलाली देखि झापासम्म रहेका सम्पूर्ण क्रिश्चियनहरुले आफ्ना मुद्दा एक भएर उठाउने वेला आएको छ ।” यदी राजनीतिक पार्टी नखोल्ने हो भने क्रिश्चियन धर्मको वकालत गर्ने अन्य पार्टीलाई एक भएर मत दिन उनको आह्वान थियो । धर्म राज्यको नभएर व्यक्तिको हुनुपर्ने उनको भनाई थियो । राज्यले सनातन धर्मलाई संविधानभित्र राखेको प्रति आपत्ती जनाउँदै संविधानबाट सनातन शब्द हटाउन माग गरे ।

३५ लाख नेपालीहरु क्रिश्चियन रहेको बताउँदै सवैलाई एकै ठाउँ उभिएर राजनैतिक नेता छान्न समेत उनले आग्रह गरे । यदी त्यो भएको खण्डमा जितेर आएको नेताले क्रिश्चियनको पक्षमा वकालत गर्ने उनको भनाई थियो । समाजमा लुकाएर वाइवल वोक्नुपर्ने अवस्थाको अन्त्य गर्नु क्रिश्चियनहरुको महत्वपूर्ण चुनौति रहेको उनले बताए । उनले आफूलाई सम्पूर्ण क्रिश्चियनहरुले मतदान गरी जिताएमा संविधानमै अस्तित्व राख्ने समेत दावी गरे । उनले भने,“ मलाई भोट दिनुहोस्। चौतारामा बसेर बाइवल पढ्न सक्ने वातावरण बनाउँछु । लुकाएर होइन प्लाष्टीकको झोलामा छ्याङ्ग देखिनेगरी बोक्न सक्ने बनाउँछु । सरकारले क्रिशमसमा हाम्रो जवरजस्तीले एक दिन दिँदै आएको विदालाई तीन दिन सम्म विदा मिलाउने व्यवस्था गर्छु ।”

पौष २२ गतेसम्म चल्ने भेलाले क्रिश्चीयन धर्मालम्बीहरुलाई मूल धारमा ल्याउने गरी काम गर्न रणनीति बनाउने अध्यक्ष सीवी गहतराजले बताए ।


नेपाली जगतले नसोचेको नयाँ रणनीति बनाएर अघि बढ्ने बताउँदै घर्म निरपेक्ष राष्ट्रको व्यवहारिक कार्यान्वयनका लागि एलायन्स बनाएर सरकारलाई दबाब दिने उनको भनाई थियो । भेलाले नयाँ रणनीति बनाएर राज्यलाई ख्रीष्टियन महासघसँग भएको तीन बुदे र ६ बुदे सहमति कार्यान्वयन गराउन वाध्य पार्ने गहतराजको भनाइ थियो ।

कार्यक्रममा पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले धर्म निरपेक्षमा सनातन शब्द राखेर अन्य धर्ममान्नेहरुर्लाइ अपमान गरेको भन्दै सनातन हटाउन माग गरे । साथै राजा र हिन्दुराज्य कुनेै हालतमा वन्न नसक्ने बताउँदै जनतालाई आवश्यक ऐन कानुन जनता आफैले निर्माण गर्ने उनको दावी थियो ।
कार्यक्रममा बोल्दै नेकपा समाजवादी पार्टीका अध्यक्ष राजु कार्कीले नेपालको राजनीतिक प्रणाली विग्रदै गएको र अवको नेतृत्व क्रिश्चियन धर्म मान्ने युवाहरुबाट आउनुपर्नेमा जोड दिए ।

भेलाले नयाँ नीति बनाउन सुझाव दिँदै धार्मिक आस्थाका आधारमा व्यक्ति पक्राउ गर्ने र थुन्न आदेश दिने प्रहरी र न्यायाधीशलाई प्रश्न गर्दै नेपालको इतिहास पढ्न सुझाव दिएका थिए ।व्यक्तिले आफ्नो स्वतन्त्रता प्रयोग गर्न सक्ने भन्दै उनले अव अल्पसंख्यक र राज्यबाट हेपिएका सवै एकजुट हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा बोल्दै दलित पार्टीका अध्यक्ष मेघराज विकले आफ्नो पार्टीलाई मत हालेर जिताउन आग्रह गरे ।
हाम्रो अभियान, नेपाली ख्रीष्टयन समुदायको स्वाभिमान र पहिचान भन्ने नारा सहित होटल मोनालिसामा सुरु भएको भेलामा देशभरबाट प्रतिनिधिहरुको उपस्थिती रहेको छ ।

  • प्रकाशित मिति : पुस १९, २०७८, सोमवार ११:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८