• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनको पदमपुरका ४ मन्दिरमा चोरी

  • खबरदाता

चितवनको पदमपुरका ४ मन्दिरमा चोरी

पुस १८,२०७८

चितवन । पुर्वी चितवनको पदमपुरका ४ वटा मन्दिरमा चोरी भएको छ।

कालिका नगरपालिका २ स्थित वडा कार्यालय परिसर भित्रै रहेका ४ वटा मन्दिरमा गएराति एकै समयमा चोरी भएको हो ।

सो परिसरमा कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिर रहेका छन।

ढोका तथा सतलहरु फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद रकम चोरी भएको स्थानिय अमृत घिमिरेले जानकारी दिए । मन्दिरको करिब १० हजार नगद रुपैयाँ चोरी भएको र अन्य चोरीको विवरण आउन बाकी रहेको मन्दिर निर्माण उपभोक्ता समितिका सदस्य समेत रहेका घिमिरेले जानकारी दिए ।

यता चितवन प्रहरीले भने यस सम्बन्धमा अहिले सम्म कुनै जानकारि नआएको बताएको छ।

इलाका प्रहरी कार्यालय टाँडिका डिएसपि इन्द्र रानाले अहिले उक्त स्थानमा प्रहरी पठाएको बताए।

  • प्रकाशित मिति : पुस १८, २०७८, आइतवार ०४:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८