• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पार्टीमा रुपान्तरण ल्याउन सकिएन : नेता पौडेल


पार्टीमा रुपान्तरण ल्याउन सकिएन : नेता पौडेल

 

पुस १७,२०७८

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताएका छन।

सनिवार नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन। पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे पनि अन्तिममा आएर उक्त प्रयास पूरा हुन नसकेको उनको भनाइ थिय।

“पार्टीमा नयाँ रुपान्तरण ल्याउनुपर्छ भनेर धेरै प्रयास गर्‍यौं तर केही साथीहरूका व्यक्तिगत आकाङ्क्षाका कारण पूरा हुन सकेन”, पौडेलले भने । नेता पौडेलले १४औँ महाधिवेशनले आफूले उठाएको रुपान्तरणको प्रश्नको उत्तर दिनुपर्नेमा जोड दिए । “सबै साथीहरू उठ्छौँ भनेपछि म प्रतिस्पर्धाबाट अलग रहे, उहाँहरूकै अनुरोधमा म प्रतिस्पर्धामा गइन”, उनले भने , “१४औँ महाधिवेशनले मैले उठाएको प्रश्नको उत्तर आएको छैन ।” नेता पौडेलले पार्टीमा जनताको आकर्षण बढाउन लाग्नुपर्नेमा सुझाव दिए ।

कांग्रेस जनताको बीचमा अपमानित भएको गुनासो गर्दै उनले पार्टीलाई सम्मानित बनाउनु आजको आवश्यकता रहेको तर्क गरे । देशको संसद्ले गति लिन नसकेको बताउँदै पौडेलले जनताको जल्दाबल्दा समस्यामा सदनमा छलफल हुन नसकेको धारणा राखे । सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्नुपर्नेमा पौडेलको जोड थियो।

मिलेनियम च्यालेन्ज कर्पोरेसन्स एमसीसी पारित गर्नुपर्ने उनओ भनाइ थियो । पौडेलले एमसीसी राष्ट्रघाती भएको भन्दै भ्रममा पार्न खोजिएको पनि जिकिर गरे। कार्यक्रममा तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालले पदस्थापन गरेका छन । रासस

  • प्रकाशित मिति : पुस १७, २०७८, शनिवार १४:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८