• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रशिक्षक पाण्डेको ‘तिम्रो मुस्कान’ सार्बजनिक

  • खबरदाता

प्रशिक्षक पाण्डेको ‘तिम्रो मुस्कान’ सार्बजनिक

 

पुस १७,२०७८

चितवन – गीतकार तथा गायक परशुराम पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । गायक पाण्डेको स्वरमा सजिएको ‘तिम्रो मुस्कान’ बोलको गीत शनिबार सार्वजनिक भएको हो ।

सार्वजनिक रोमान्टिक फ्लेवरको गीतमा शिव कँडेलको शब्द तथा संगीत छ । गीतमा संगीत संयोजन मनोहर सुनमको छ । गीतमा त्रिकोणात्मक प्रेम कथालाई देखाईएको छ ।

गीतको भिडियोमा हिरा चौधरी, मुस्कान चौधरी, सुरेश चौधरी, भीम गुरुङ, सनम सापकोटा, अर्जुन चापागाईलगायतको अभिनय छ । सुरेश चौधरी निर्देशित भिडियोको परिकल्पनाकार पनि उनी नै हुन् ।

सन्तोष सुनार र अर्जुन चापागाईले खिचेको भिडियोलाई निर्देशक चौधरीले सम्पादन गरेका हुन् । गीतको भिडियो चितवनकै विभिन्न स्थानमा छायांकन गरिएको हो ।

गायक पाण्डेले गीत सुनेर तथा भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् । पाण्डे संगीतका शिक्षक समेत हुन् ।

  • प्रकाशित मिति : पुस १७, २०७८, शनिवार १३:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८