• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क ग्युन-हे कारागार मुक्त


दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क ग्युन-हे कारागार मुक्त

 

पुस १७,२०७८

दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन-हे कारागार मुक्त भएकी छिन।

वर्तमान राष्ट्रपति मुन जे(इनले दिएको विशेष माफीमा शुक्रबार ग्युन – हेलाइ रिहा गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ।

भ्रष्टाचारको आरोपमा ५७ महिना जेलमा परेकी पार्कले सियोलको एक अस्पतालमा माफीको प्रमाणपत्र पाएकी छिन् जहाँ उनको काँध र कम्मरको दुखाइको कारण एक महिनाभन्दा बढी समयदेखि उपचार भइरहेको छ।

सन् २०१९ मा काँधको शल्यक्रिया गरेपछि ६९ वर्षीया वृद्धले अर्को वर्ष फेब्रुअरी २ सम्म अस्पतालमा उपचार गर्ने योजना बनाएकी थिइन।

एक हप्ता अघि न्याय मन्त्रालयले पार्कलाई नयाँ वर्षको लागि विशेष माफी दिइनेको सूचीमा समावेश गरेको घोषणा गरेको थियो।

पार्कलाई २२ वर्षको जेल सजाय सुनाइएको थियो र भ्रष्टाचारको आरोपमा महाभियोग लगाइएपछि पदमुक्त भएकी हेले २०१७ देखि सजाय भोग्दै आएकी थिइन्।

ब्लु हाउसका अनुसार पार्कको बिग्रँदै गएको स्वास्थ्यलाई ख्याल गर्दै माफी दिने निर्णय गरिएको हो।

पार्कलाई पूर्वराष्ट्रपतिको रूपमा सुरक्षा दिइए पनि अन्य विशेषाधिकारहरू भने दिइने छैन ।एजेन्सी

  • प्रकाशित मिति : पुस १७, २०७८, शनिवार ०५:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८