• कात्तिक ३, २०८३, मंगलवार Tuesday, 20 October, 2026

अमेरिकी अस्पतालमा आईसीयू बेडहरू भरिभराउ


अमेरिकी अस्पतालमा आईसीयू बेडहरू भरिभराउ

 

पुस १६,२०७८

ओमिक्रोनका कारण अमेरिकामा ८० प्रतिश आइसियु बेडहरु भरिएका छन।

संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ ।

सघन उपचार एकाई (आईसीयू) मा ७८५ बेडहरू भरिभराउ छन् । जर्ज वाशिंगटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा. जेम्स फिलिप्सले उक्त जनाकारी दिएका छन।

यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ। जहाँ दैनिकरूपमा कोभिड(१९का घटनाहरू पाँच लाखभन्दा माथि छ । यो सँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको हो ।

केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ ।
अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ७८५ आईसीयू बेडहरू भरिएका छन् जसमध्ये २२५ कोभिड-१९का बिरामीहरू छन् ।

अन्य धेरै देशहरू जस्तै, अमेरिकाले अब ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ।रासस/एएनआइ

  • प्रकाशित मिति : पुस १६, २०७८, शुक्रवार १४:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८