• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अर्यालको नेतृत्वमा इक्यान चितवन

  • खबरदाता

अर्यालको नेतृत्वमा इक्यान चितवन

पुस १६,२०७८–टिकादत्त तिमिल्सिना

नेपाल शैक्षिक परामर्श संघ ( इक्यान) चितवनको अध्यक्षमा समुन्द्र अर्याल बिजयी भएका छन।

बिहिवार चितवनको सौराहामा सम्पन्न १० औं साधारण सभा तथा छैठौं अधिबेशनबाट अर्याल अध्यक्षमा निर्वाचित भएका हुन।

यस्तै उपाध्यक्षमा दिपक चन्द्र भट्टराई , सचिबमा किसोर सुबेदि र कोषाध्यक्षमा प्रज्वल पौडेल बिजयी बनेका हुन।साथै कार्य सिमितको सदस्यमा केशव राज सेढाइ,ठाकुर रेग्मी ( शिशिर),कृष्ण प्रसाद सापकोटा र लक्ष्मण कंडेल चुनिएका हुन।

इक्यान चितवन शाखामा जम्मा ३३ जना मतदाता रहेका थिए।

२०६३ सालबाट शैक्षिक परामर्श सेवामा लागेका अर्याल अनुभवी परामर्श दाताको रुपमा चिनिन्छन।अबका दिनमा चितवनमा छरिएर रहेका सबै ब्यबसायीलाइ संघमा आबद्धता गराउने प्रयास पहिलो काम हुने उनले बताए ।

साथै शैक्षिक परामर्श सेवालाइ एकरुपता ल्याउन सबैलाइ समेटेर लैजाने अर्यालको भनाइ छ ।

नबनिर्वाचित कार्यसमितिको कार्यकाल २ बर्षको रहने छ।

  • प्रकाशित मिति : पुस १६, २०७८, शुक्रवार ०६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८