• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

डिष्ट्रिक ३२५ आर को गभर्नरमा चुकेको उम्मेद्बारी

  • खबरदाता

डिष्ट्रिक ३२५ आर को गभर्नरमा चुकेको उम्मेद्बारी

 

पुस १५,२०७८

लायन्स क्लब ईन्टरनेशनलको प्रस्तावित नयाँ डिष्ट्रिक ३२५ आर को गभर्नरमा सिद्धार्थलाल चुकेको उम्मेद्बारी घोषणा भएको छ।

लायन्स क्लब अफ नारायणगढ संगमचोकले चुकेलाइ गभर्नरमा अगाडी सारेको हो। क्लबका अध्यक्ष शरदमणि भट्टराईले बिहिवार एक प्रेस बिज्ञप्ती जारी गर्दै चुकेलाइ लायन बर्ष २०२२/०२३ का लागि गभर्नरमा जिताउन सबैलाइ आग्रह गरेका छन। चुके उक्त क्लबका पुर्व अध्यक्ष समेत हुन।

२०३१ सालमा काठमाडौंमा जन्मिएका चुकेले बुडानिलकन्ठ स्कुलबाट एसएलसि उतिर्ण गरेका हुन ।काठमाडौंकै सिद्धार्थ बनस्थलिबाट आइएसि गरेका उनले अस्ट्रेलियामा गएर बेन्किङ एन्ड फाइनान्स अध्ययन गरे।
पर्यटन र आइटि ब्यबसायमा लगानी गर्दै आएका चुकेको खेल क्षेत्रमा पनि उतिकै योगदान रहेको पाइन्छ । उनी चितवन जिल्ला कृकेट संघको पुर्ब उपाध्यक्ष हुन भने अहिले पनि कार्य समिति सदस्यमै छन।

बिभिन्न सामाजिक संघ सस्थामा चुकेले कुशल नेतृत्व प्रदान गरिसकेका छन । सन् २००३ मा लायन्स क्लब अफ नारायणगढ संगमचोकको सस्थापक प्रथम उपाध्यक्षबाट उनको लायन यात्रा सुरु भएको हो।

उनी लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिकको ३२५ बी २ एरिया नम्बर ३ को बर्ष २००७ /०८ मा चिफ एरिया कोअडिनेटर भएका हुन। त्यस पस्चात पनि चुकेले डिष्ट्रिकका बिभिन्न पदमा रहेर काम गरी सकेका छन।

उनी हाल लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिकको ३२५ बी २ को एक्जुभेटिभ चिफका रुपमा क्रियासिल छन।
मृदुभाषि , सरल र जस्तो सुकै परिस्थितिमा पनि घुलमिल हुन सक्ने स्वाभाव भएका चुके राम्रो सामाजिक सम्बन्ध कायम राख्न सक्ने लायनका रुपमा सुपरिचित छन।

लायनको मर्म बुझ्न सक्ने र सेवाका कार्यमा सधै अग्रसर हुने भएकाले आगामी लायन बर्ष २०२२/०२३ मा गर्भनर पदका चुके योग्य भएको लायन्स क्लब अफ नारायणगढ संगमचोकका पुर्व अध्यक्ष राजेन्द्र गौतम बताउँछन।
प्रचारबाझि भन्दा कामलाइ मुख्य प्राथमिकता दिन रुचाउने र सेवाका कार्यमा सधै अग्रसर हुने चुकेबाट नेपाली लायनबादले अर्को सफलता चुम्ने अध्यक्ष भट्टराईको तर्क छ ।

लायन बर्ष २०२२/०२३ मा नेपालमा १५ वटा डिष्ट्रिक हुनेछन् । हालको डिष्ट्रिकको ३२५ बी २ चार बटा डिष्ट्रिकमा रि–डिष्ट्रिकीङ्ग हुदैन । काठमाडौका केहि क्लब सहित चितवन र नवलपुर क्षेत्रलाई समेट्दै लायन बर्ष २०२२/०२३ मा नयाँ डिष्ट्रिकको ३२५ आर निमार्ण हुनेछ ।

  • प्रकाशित मिति : पुस १५, २०७८, बिहीवार १५:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८